राहुल गान्धीमाथि जुत्ता प्रहार - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

राहुल गान्धीमाथि जुत्ता प्रहार



नयाँदिल्ली, १० असोज : भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीमाथि उत्तर प्रदेशको सीतापुरमा एक रोड शोमा जुत्ता प्रहार भएको छ।

समाचार संस्था पीटीआईका अनुसार राहुल त्यहाँ रोड शोका लागि गएका थिए। उनी देवरियाबाट दिल्लीसम्मको किसान यात्रामा छन्। समाचारमा जनाइएअनुसार सीतापुरमा रोड शो हुँदै गर्दा एक २५ वर्षीय युवकले टाढाबाट गान्धीलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए।

त्यहाँ खटिएका प्रहरीले जुत्ता प्रहार गर्ने युवकलाई पक्राउ गरेका छन्। जुत्ता हान्ने युवकको परिचय नखुलेको र उनले किन जुत्ता प्रहार गरेका थिए भन्ने पनि बताएका छैनन्। यसअघि पनि उत्तर प्रदेशमा गान्धीको कार्यक्रममा तनाव भएको थियो। एजेन्सी