यस्तो देखिए पहिलो मायामा मोहन (भिडियो सहित) - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

यस्तो देखिए पहिलो मायामा मोहन (भिडियो सहित)



साङ्गीतिक बजारमा तिजको लहर चलिरहेको बेला उमंग म्युजिक प्रा.लिई ले भने माया प्रेममा आधारित लोक दोहोरी “ पहिलो माया” बोलको गीत केही समय अगाडि मात्र सार्वजनिक गरेको छ ।

गायक रामजी खाड र दिपा विश्वकर्मा ( मुस्कान) को समधुर स्वरमा रहेको यस गीतमा लय/ शब्द राजु विश्वकर्माले गरेका छन् भने ॐ शिव फिल्मस् प्रा.लिई बाट निर्देशक कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायांकन र सुजन शाहीको सम्पादनमा भिडियो तयार गरिएको छ यसै गरी भिडियोमा मोहन रिजाल, मञ्जीता र सन्तोष को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

पछिल्लो समय बनेका माया प्रेममा आधारित म्युजिक भिडियोहरुले बजार तताइरहेको अवस्थामा यो भिडियोले पनि दर्शकको माया पाउनेमा उदयमान मोडल मोहन रिजाल आशाबादी भएको बताउछन । सानै उमेर देखिको एउटा चर्चित मोडल बन्ने चाहना र नयाँ तरिकाले कलाकारिता क्षेत्रमा आउने सोच बनाएका मोहन चकलेटी फेस का छन्, केही समय अघि मात्र यस क्षेत्रमा प्रवेश गरेका उनी अवसर पाए सबै किसिमको अभिनय गर्न इच्छुक रहेको बताए ।