भैरव अर्याल स्मृति पुरस्कार-२०७२ हाँस्य कलाकार मनोज गजुरेललाई - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भैरव अर्याल स्मृति पुरस्कार-२०७२ हाँस्य कलाकार मनोज गजुरेललाई



५ असोज, हेटौँडा ।नेपाली हास्यव्यंग्य साहित्य जगतका अद्वितीय प्रतिभा भैरव अर्यालको ७९ औँ जन्म जयन्तीको सन्दर्भमा हेटौँडामा हरेक वर्ष मनाउँदै आएको भैरव स्मृति दिवसमा हाँस्य कलाकार मनोज गजुरेललाई  गजुरेललाई सम्मान गरिएको हो ।

स्वर्गीय अर्यालको शालिकसमेत रहेको पुष्पलाल पार्कमा आयोजित विशेष समारोहमा गजुरेललाई २१ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो ।

यो पुरस्कार पाउने गजुरेल ८ औं प्रतिभा हुन् । सो पुरस्कार साहित्य संगम मकवानपुर तथा सिस्नुपानी हेटौँडाले स्थापना गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक, निवन्धकार, भाषाशास्त्री डा. माधव पोखरेल थिए भने सभापति सिस्नुपानी हेटौँडाका संयोजक डा. गणेश पौडेल थिए ।

साहित्य संगम मकवानपुरका सुवास खनालले सञ्चालन गरेको कार्यक्रममा सिस्नुपानी हेटौँडाका संस्थापक एवं साहित्यिक अभियन्ता आर. सी. रिजालले स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न वक्ताहरूले स्वर्गीय भैरव अर्याल र पुरस्कृत प्रतिभाका योगदानको प्रशंसा गरे ।

भैरव अर्यालका सुपुत्र प्रकाश अर्यालले आफ्ना पिताजीको स्मरण गर्दै उनको नामले मात्र पनि आफ्नो परिवारको प्रतिष्ठा उच्च हुन पुगेको बताए ।

पुरस्कृत प्रतिभा मनोज गजुरेलले भैरव अर्याल जस्ता महान् श्रष्टाको नामसँग जोेडिएको पुरस्कार पाउनु आफ्ना लागि नोवेल पुरस्कार पाउनु बराबर भएको बताए ।

समारोहका प्रमुख अतिथि डा. माधव पोखरेलले भैरव अर्यालको बहुआयामिक प्रतिभाबारे र कलाकार मनोज गजुरेलको योगदानबारे चर्चा गर्दै नेपाली हास्यव्यंग्य साहित्यमा नयाँ-नयाँ र भरपर्दा प्रतिभाहरू निस्कँदै गएकोमा सन्तोष व्यक्त गरे ।