बालबालिकाका लागि साहित्यीक पुस्तकालय खोल्ने उद्येश्यका साथ 'कफि र कविता' - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बालबालिकाका लागि साहित्यीक पुस्तकालय खोल्ने उद्येश्यका साथ ‘कफि र कविता’



सुषमा देवकोटा, काठमाडौं, २९ फागुन

 

राजधानिमा बसेर उच्च शिक्षा हासिल गरिरहेका युवा कविहरुबाट एउटा फरक खाले सोचका साथ साहित्यीक अभियानको सुरुवात भएको छ । साहित्यमा सक्रिय रहंदै आएका युवाहरुले नेपालका बिकट बस्तीका बालबालिकाका लागि साहित्यीक पुस्तकालय खोल्ने उद्येश्यका साथ कफि र कविता नामक साहित्यीक कार्यक्रमको सुरुवात गरेका हुन् ।

हरेक महिनाको अन्तीम शनिवार बिहान ७ बजे सुरु हुने कफि र कविताको पहिलो संस्करण शनिवार राजधानीको नाङसाल क्याफेमा कविहरु विपिन, तिमल्सीना, अन्शु खनाल, रसिक राज, सितल लामा, राजु खनाल, योगेश घिमिरे, जिवन भट्ट, सिमा घिमिरे, रोषन कोईराला लगायतले आफ्ना साथै अन्य कविहरुका कविता प्रस्तुती संगै सुरु भएको छ ।

एक कफ कफि पीउने रकमको केही प्रतिशत बिकट भेगका बालबालिकाको शिक्षा साथै उनिहरुलाई साहित्यीक पुस्तकक उपलब्ध गराउने उद्येश्य रहेको कार्यक्रममा उपस्थिीत कविहरुले देशको राजनितिक अवस्था, समाजका यथार्थ संगै केही श्रीगांरीक कविताहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सभापती कवि रसिक राजले कार्यक्रम आयोजना गर्नुको उद्येश्य र आगामी योजनावारे जानकारी गराए साथै उनले आफुसंग पढिसकेर थन्कीएका साहित्यीक पुस्तकहरु उपलब्ध गराएर सहयोग गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

होलीको स्वागत संगै सुरु गरिएको अभियान सहितको कार्यक्रम कफि र कविताका सञ्चालक कवि विपिन तिमल्सीनाको प्रस्तुतीले पनि कार्यक्रममलाई थप रोचक बनाएको थियो ।