कैले घर फर्कन्छौ परदेशी...आखै रसाउने दशैँ गीत(भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कैले घर फर्कन्छौ परदेशी…आखै रसाउने दशैँ गीत(भिडियो सहित)



समिर प्रकाश पाण्डे
तिज अझै केहि दिन बाकि रहदा रहदै दशैँका गीतहरु सार्वजनिक हुन थालि सकेका छन ,बिशेष गरी लोक संगीतकर्मीहरु दशैँका गीत बजारमा ल्याउन लागि परिसकेका छन् ।

यसैक्रममा सारथी म्यूजिकले नयाँ दशैँ गीतको भिडियो सार्वजनिक गरेको छ । ‘परदेशिको मन’ बोलको गीतमा घरमा श्रीमती छोडेर धन कमाउन परदेश गएको युवकको कथा छ ।

मधुसुदन बञ्जाडे र कृष्णा परियारको स्वर रहेको गीतम कस्तुप पन्तको संगीत छ भने फर्शु पौडेलले शब्द लेखेका हुन् । सज्जन हमाल र अनु पराजुलीको अभिनय रहेको गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । भिडियोलाई अजय रेग्मीले खिचेका छन् भने अनुप सिवाकोटीले सम्पादन गरेका छन् ।