असोज ८ मा 'मनसुन' लिएर आउदै सुबिन भट्टराई - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

असोज ८ मा 'मनसुन' लिएर आउदै सुबिन भट्टराई



सुबिन भट्टाईको चौंथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते सार्वजनिक हुने भएको छ। लामो समयदेखि पाठकको प्रतिक्षामा रहेको पुस्तकको रिलिज मिति तोक्दै लेखक भट्टराईले कभरसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।
मनसुनको कभरमा पनि समर लभ र सायामा जस्तै मोडलको तस्बिर राखिएको छ। किशोर कायस्थले तयार पारेको कभरमा प्रियंका रानी जोशी देखिएकी छन्।
‘कथाकी पात्र’ कथासंग्रहबाट साहित्यिक लेखनमा सक्रिय भट्टराई ‘समर लभ’ उपन्यासबाट चर्चित भएका थिए। समर लभको सिक्वेल ‘साया’ पनि उत्तिकै चर्चित बनेको थियो।
भट्टराईका अनुसार प्रज्ञा प्रतिष्ठान डबलीको साया विमोचन गरिएको ठाउँबाटै मनसुनको विमोचन गरिनेछ। पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो।
यो पनि पढ्नु होस