अमेजनमार्फत सामान बिक्री गर्ने २५ हजार बिक्रेता करोडपति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अमेजनमार्फत सामान बिक्री गर्ने २५ हजार बिक्रेता करोडपति



हिमालपोस्ट/काठमाडौँ

अनलाईन बुक स्टोरबाट सुरु गरेको अमेजनले ५ जुलाईमा आफ्नो २५ वर्ष पुरा गरेको छ । घरको ग्यारेजबाट सुरु भएको अमेजन २५ वर्षमा १ लाख करोड डलर मूल्यांकनको विश्वकै दोस्रो सर्वाधिक ठूलो कम्पनी बनेको छ । यसका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति पनि बन्न सफल भएका छन् ।

३ मानिसबाट १९९४ को ५ जुलाईमा सुरु भएको अमेजन हाल ६ लाख कर्मचारीका साथ अमेरिकाकै सबैभन्दा ठूलो रोजगारदाता कम्पनी भएको छ । १९९७ मा पहिलो पटक कम्पनी सार्वजनिक हुदा सको सेयरको मूल्य १.९६ डलर थियो । आज ९९१ गुणाले वृद्धि भएर अमेजनको एक सेयरको मूल्य १९४२.९१ डलर पुगेको छ । अमेजनको प्लेटफर्ममा सामान बिक्री गर्ने २५ हजार भन्दा बिक्रेता अब करोडपति बनिसकेका छन् । अमेजन हाल ई–कमर्श, इन्टरनेट, क्लाउड कम्प्युटिङ, भिडियो स्ट्रिमिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वकै सर्वाधिक ठूला कम्पनी मध्येको एक हो ।

टाइम म्यागेजिनमा १९९९ मा जेफ बेजेसलाई वर्ष व्यक्तित्व तथा द किङ अफ साइबर कमर्शको उपाधी दिइएको थियो । ३५ वर्षको उमेरम यो पुरस्कार पाउने बजोस चौथा सर्वाधिक युवा बने ।
बेजोसले ग्राहकको सन्तुष्टि मुल मन्त्रका साथ काम गरे र यसका लागि नयाँ प्रयोग पनि गरे ।

(एजेन्सी)