अग्र्यानिक चिया उत्पादनमा उपराष्ट्रपतिको जोड - Himal Post Himal Post
  • २ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 15 2025
Logo

अग्र्यानिक चिया उत्पादनमा उपराष्ट्रपतिको जोड



इलाम, पुस १७ गते  । उपराष्ट्रपति नन्दबहादुर पुनले अग्र्यानिक चिया उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेको गोर्खा टिस्टेटको शनिबार अवलोकन गर्दै उहाँले अग्र्यानिक चियाको भविष्य विश्वबजारमा राम्रो भएकाले कृषि क्षेत्रको विकासका लागि अग्र्यानिक चिया उत्पादनलाई जोड दिन कारखाना व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो । उहाँले कारखाना व्यवस्थापन पक्ष र मजदुर तथा किसानसँग पनि अन्तक्र्रिया गर्नुभएको छ ।

उहाँले कन्यामस्थित चिया बगानको अवलोकन भ्रमण गर्नुभएको छ । उपराष्ट्रपति पुनले सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित करफोक विद्या मन्दिर उच्च माविको भ्रमण गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

कृषकको जीवनस्तर उकास्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय इलामले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु गरेको छ । कृषि उत्पादन केन्द्र (पकेट विकास व्यावसायिक कार्यक्रम) का लागि रु ७० लाख ६३ हजार तथा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) का लागि रु एक करोड ५० लाख ३५ हजार बजेट प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी, प्रकाशमणि काफ्लेले जानकारी दिनुभयो ।

दश वर्षे परियोजनाअन्तर्गत पहिलो वर्ष इलामका २५ वटा पकेट र तरकारी तथा अलैँचीका ब्लक सञ्चालन गरिनेछन् ।
तरकारीबाली सुम्वेक, माइपोखरी र सूर्योदय नगरपालिकामा सञ्चालन गरिनेछ भने अलैँचीका कार्यक्रम साँखेजुङ, देउराली र देउमाई नगरपालिकामा सञ्चालन गरिने कार्यालयले जनाएको छ । रासस