सृजना खत्री 'हाउडेमाया'को अाईटम तीज गीत “लाहुरेमाया”मा देखिए दुर्गेश र बिनु (भिडियो सहित) - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सृजना खत्री ‘हाउडेमाया’को अाईटम तीज गीत “लाहुरेमाया”मा देखिए दुर्गेश र बिनु (भिडियो सहित)



 समीर प्रकाश पाण्डे

हाउडे मायाको अपार सफलता पछि लगातार शिरमा सिन्दूर, भिरको फुल जस्ता गीत बाट चैतर्फी चर्चा कमाएकी लोक पप गायिका सृजना खत्री (हाउडेमाया ) ले हालै मात्र तीजको अवसर पारि अाईटम तीज गीत “लाहुरेमाया” सार्वजनिक गरेकी छिन।

तीजलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको गीतको भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा र बिनु खड्काले अभिनय गरेका छन् भने शब्द / सङ्गीत /स्वर सृजनाकै रहेको छ गीतमा र्यापर मिस्टर अारजेले खत्रीलाई स्वरमा साथ दिएका छन् ।

क्रान्ति के.सीको निर्देशन र सम्पादनमा रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका छन् यस्तै गीतलाई सृजना खत्रीको प्रस्तुतिमा तिर्सना म्युजिक प्रा.ले बजार व्यवस्थापन गरेको छ ।