सरकारले अस्थायी मुकाम तोक्दै - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सरकारले अस्थायी मुकाम तोक्दै



बुटवल । सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी गरेको छ । मन्त्रिपरिषद बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त गर्न लागेको हो ।

स्रोतका अनुसार सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।

बालुवाटार स्रोतका अनुसार प्रदेश १, ३, ४ र ६ मा नेपाली कांग्रेसको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने छ । बाँकी २ र ५ मा मधेशबादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।

स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी गरिएको छ ।

यद्यपि, नाममा केही तलमाथि हुन सक्ने बताइएको छ । यस्तै, आजै प्रदेशको अस्थायी राजधानी पनि ताकिने छ ।