गजल :सुस्मा खड्का
अहिले परदेशमा जवान धरौटीमा छ
बुढा बाआमाको सन्तान धरौटीमा छहिजोसम्म देशले यसैमा गर्व गर्थ्यो
तर युवासंगै नेपाली सान धरौटीमा छ
रहर बिना छोरो मरुभूमिमा गाडियो
धन लोभले आत्मसम्मान धरौटीमा छअध्यारो मै जसोतसो रुमल्लिएको यो
आसलाग्दो मिर्मिरे बिहान धरौटीमा छयो युगले मूल्य चुकाउनु पर्नेछ भोलि
हिरा भन्दा बढी मुल्यबान धरौटीमा छ ।।