किसान:कविता - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

किसान:कविता



-दिपेन्द्र उपाध्यय

किसान एक झोक्का बतास आउँछ

र उडाउछ धुजा धुजा भएको त्रिपाल

  लाग्दैछ अब त्यो चुहिने छानो,

छानो होइन स्वयम् बादल हो 

घरभित्र भिजिने डरले ऊ,

भिज्दै घरबाहिर निस्किन्छ,

खोजेर ल्याउछ त्यही

धुजा धुजा भएको त्रिपाल,

जेनतेन मिलाउछ त्यही

चुहिने छानो उपर  अह,

कत्ति पनि टालिन्न त्यो छानो,

कतै तप्ल्याक्क गर्छ,

कतै तुप्लुक्क गर्छ,

कतै धरर्र गर्छ अनि ऊ

समेट्न खोज्दैछ सिङ्गो बादललाई

कतै गाग्रीमा,कतै बाल्टीमा

र कतै डेक्चीमा

जति छानो चुहिए पनि,

कामना गरिरहन्छ

अझै ठुलो बर्षातको किनकि

भोलि उस्लाई धानको बियाड रोप्नु छ,

हो,

ऊ किसान हो

ऊ किसान हो