नेपाल भारत प्रबुद्ध व्यक्ति समुहको बैठक सकियो/अर्को बैठक भारतको नयाँ दिल्लीमा बस्ने - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

नेपाल भारत प्रबुद्ध व्यक्ति समुहको बैठक सकियो/अर्को बैठक भारतको नयाँ दिल्लीमा बस्ने



आश्विन २२,  नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपीजीको पाँचौ बैठकमा सिमा व्यवस्थापन, स्रोत आतंकवाद, अवैध मुद्रा, लागुपदार्थ ओसारपसार, तस्करी नियन्त्रण, लगायतका विषयमा छलफल भएको छ ।
बैठकमा भारतले सीमा नियमनलाई व्यवस्थित गर्ने चेकपोईन्टमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको नेपाली टोलीका सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
नेपाल भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न दुबै मुलुकद्धारा गठित प्रबद्ध व्यक्ति समुह बैठकमा लामो समय देखि विवादमा रहेको १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा छलफल भएपनि निश्कर्षमा पुग्न नसकिएको उहाँले बताउनुभयो .
आगामी बैठक यसै वर्षको नोभेम्बर ११ र १२ मा भारतको नयाँ दिल्लीमा बस्ने र सन् २०१८ को जुलाईसम्ममा छलफलद्धारा प्रतिवेदन तयार पार्ने र सो प्रतिवेदनले समस्याको समाधानको बाटो खुल्ने अपेक्षा रहेको समुह सदस्य आचार्यले जानकारी दिनुभयो ।

यसअघि नेपाली पक्षले सो असमान सन्धिबारे भारतमा भएको इपीजीको चौथो बैठकमा प्रस्ताव राखे पनि भारतीय पक्ष मौन बसेको थियो । पछिल्ला बैठकहरुमा भारतीय पक्षले सीमा नियमन र सीमा सुरक्षाको विषयलाई प्रमुख एजेण्डा बनाउँदै आएको छ ।