दिल्लीमा फेरी नेपाली चेलीमाथि बलात्कार - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

दिल्लीमा फेरी नेपाली चेलीमाथि बलात्कार



देबेन्द्र केसी -नयाँ दिल्ली,

नयाँ दिल्ली को व्यस्त रोडमा एक नेपाली चेली को अपहरण पछि  बलात्कार भएको छ । गुल्मी की मैया बोहरा (नाम परिवर्तन ) लाई सकुरपुर , दिल्ली का  २२ वर्षीय विशालले राती करिब  १० बजे अपहरण गरेका हुन । नयाँ दिल्ली को सरकारी स्कुल मा पढ्ने मैयाले साँझ करातेको तालिम लिने गर्थिन। सकुरपुरको कराते तालिम केन्द्र बाट फर्कदै गर्दा राती १० बजे उनी अपहरण मा परेकी थिइन ।

अपहरण पछि अभियुक्त विशालले होटल मा पिडितालाई  बलात्कार गरेका थिए। रातभरि विभिन्न यातना दिँदै पिडितालाई लुछेपछि बिहान सकुरपुर को आई ब्लक रोडमा बेहोशी को हालतमा छोडेर अभियुक्त परार भएका थिए ।” घरपरिवार र एकता मन्चका पदाधिकारीहरू ले रातभरि व्यापक खोजी गरेपनि फेला। पार्न सकिएन आज बिहान  बल्ल सकुरपुर को रोडमा बेहोश र बदहवास अवस्था मा फेला पार्यौ ” एकता मन्च पश्चिमी दिल्ली समिति का अध्यक्ष सूर्य राना ले भने ।

शालिमार बाग प्रहरी चौकी ले अपराधी लाई गिरफ्तार गरेपनि दोषी लाई उम्काउने षड्यंत्र मा प्रशासन लागेको छ । दिल्ली महिला आयोग र मन्चले अपराधी उम्कन नदिन खबरदारी गरे सड्गै अपराधी लाई गिरफ्तार गरिएको थियो। पीडित को शरीर भरि चोटै चोटका निशान हरू छन् । मेडिकल रिपोर्ट मा किशोरी सड्ग बलात्कार भएको पुष्टि भएको छ । गुल्मी सान्तिपुर इलाका की किशोरी  दिल्ली को सकरपुरमा परिवार सड्ग बस्दै आएकी थिइन । स्मरण रहोस् तिन महिना पहिला पनि गुल्मी खड्गकोट की सोनिया बस्यालले रहस्यमय परिस्थितिमा सकुरपुर स्थित डेरामा आत्महत्या गरेकी थिइन ।