तिहारभर लोडसेडिङ नहुने -नेपाल विद्युत प्राधिकणका निर्देशक - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

तिहारभर लोडसेडिङ नहुने -नेपाल विद्युत प्राधिकणका निर्देशक



१४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारभर लोडसेडिङ हुन नदिने बताएका छन् ।

तिहारमा बिजुलीको खपत अत्यधिक हुने भएपनि धेरै उद्योग-धन्धाहरु बन्द हुने भएकाले लोडसेडिङ नहुने उनको भनाइ छ ।

‘काठमाडौंलगायतका मुख्य शहरहरुमा प्राधिकरणले तिहारभर लोडसेडिङ हुन दिँदैन’ घिसिङले अनलाइनखबरसँग भने, ‘सिस्टमले धान्न नसकेको खण्डमा बढीमा आधा घन्टासम्म चाहीँ लोडसेडिङ हुनसक्छ ।’

आज लक्ष्मी पुजाको दिन अधिकतम् १३ मेगावाट विजुलीको माग हुने घिसिङले जानकारी दिए । सामान्यतया अहिले हप्तामा ३५ देखि ४२ घन्टासम्म लोडसेडिङ हुँदै आएको छ । जसअनुसार हप्तामा ६ घन्टासम्म लोडसेडिङ हुँदै आएको छ ।

‘तिहार भनेको झिलीमिली बत्तीको चाड हो,’ उनले भने, ‘हामी उपभोक्ताको संवेदनाप्रति निकै संवेदनशील छौं ।’

तिहारभर आफु स्वयं बसेर प्राधिकरणको भार प्रेसणको सिस्टम कन्ट्रोल गर्ने घिसिङले जानकारी दिए ।

onlinekhabar