खाडी मुलुकबाट एक महिला सहित चार जनाको उद्धार - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

खाडी मुलुकबाट एक महिला सहित चार जनाको उद्धार



काठमाडौँ, पुस २७ गते ।

खाडी मुलुक दुबई पु¥याइएकी एक महिलासहित चार जनाको उद्धार गरी नेपाल ल्याइपु¥याएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, चिनजानका व्यक्तिमार्फत व्यक्तिगत भिसा लगाइ दुबई पु¥याइएकी नवलपरासी कावासोतीकी २० वर्षीया मालती मल्ल ठकुरीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।  त्यस्तै, दुबईस्थित पाँचतारे होटलमा काम लगाइ दिने भन्दै दलालले खाडीमा अलपत्र पारिएका महोत्तरी साढाका वीरेन्द्र सहनी, रविन्द्र सहनी र धमनीकुमार सहनीको पनि उद्धार गरी नेपाल ल्याइएको छ ।

खाडीमा अलपत्र पारिएका चारैजना पीडितका आफन्तले उद्धारका लागि आग्रह गरेपछि महाशाखाले दुबईस्थित नेपाली राजदूतावासको सहयोगमा उनीहरूको उद्धार गरेको हो ।

मालतीलाई उनकै नातापर्ने नवलपरासी देउरालीकी प्रेमकुमारी मल्लले विदेश पठाएकी हुन् ।
प्रेमकुमारीले कमिसन पाउने लोभमा दलालसँगको मिलेमतोमा आफन्त नातापर्ने मालतीलाई केही महिनाअघि दुबई पठाएकी थिइन् तर मालती दुबईमा बिरामी परेपछि प्रेम कुमारीले उद्धार गरी नेपाल फर्काउन प्रयास गर्नुको सट्टा उल्टै ओमन पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।  त्यस्तै, सहनी दाजुभाइलाई पनि दलालले प्रतिव्यक्ति डेढ लाख रुपियाँ लिएर पाँचतारे होटलमा काम लगाइ दिने भन्दै दुबई पठाएको थियो ।