करेन्ट लागेर कैलालीमा एकको मृत्यु
विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।घोडाघोडी नगरपालिका -१ सुखडमा बिजुलिको पोलमा चढेर ईन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भजनी नगरपालिका -४ कुडीका अन्दाजी ३० बर्षिय चन्द्रलाल चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घाईते चौधरी घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरीको शवलाई पोष्टमार्टको लागि टिकापुर पठाइएको प्रहरीले जनाएको छ ।

