अवरुद्ध ढाेरपाटन ट्रयाककाे टुंगाे प्राविधिकहरुवाट - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अवरुद्ध ढाेरपाटन ट्रयाककाे टुंगाे प्राविधिकहरुवाट



सालझन्डि ढाेरपाटन सडक खण्डकाे अवरुद्ध ट्रयाक सकेसम्म कम क्षति हुनेगरि खाेल्नुपर्नेमा जिल्लाका सराेकारवालाहरुले जाेड दिएका छन् ।

रिपाेटर्स क्लव नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेकाे साक्षात्कार कार्यक्रममा वाेल्दै सराेकारवालाहरुले पहिलाे विकल्प नै उत्तम विकल्प रहेकाे उल्लेख गर्दै छिटाे निकास निस्कनुपर्नेमा जाेड दिएका हुन् ।
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका नेता एवं अर्घाखाँची जिल्ला क्षेत्र नं १ का साँसद टाेपवहादुर रायमाझीले राष्टिय महत्वकाे वाटाेलाई निकास नदिनु गलत रहेकाे वताए । कम क्षति हुनेगरि निकास निकाल्नकाे लागि सवै एक हुनुपर्नेमा जाेड दिएका थिए । एक अापसमा पैठाेजाेरी खेल्ने भन्दापनि जिल्लाकाे भविश्यकाे लागि चिन्तित वन्नुपर्ने उनकाे भनाई रहेकाे थियाे ।
कार्यक्रमममा जिल्लामा क्रियाशिल राजनितिक दलका नेताहरुले भने याे राजनितिक विषय भएकाे भन्दै प्राविधिकहरुले टुंग्याउनुपर्नेमा जाेड दिएका थिए । यद्यपि दलका नेताहरुकाे प्रष्ट धारणा भने अाउन सकेन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवाल, नेपाली काँग्रेस का सभापति विष्णुप्रसाद खनाल, नेकपा एमालेका नेता रामवहादुर चाैहान, जनमाेर्चाका नेता सागर के.सी., नेकपा माअाेवादिका नेता कुलराज वन्जाडे, नया शक्तिका खिमवहादुर विक, पत्रकार महासंघका अध्यक्ष शाेभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीकाे अध्यक्षता र गणेश खनालकाे संचालनमा सम्पन्न भएकाे हाे ।