'जेब्रा क्रसिङले' गर्दा  प्रदिप सुन्दासको प्रेम संकटमा (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

‘जेब्रा क्रसिङले’ गर्दा  प्रदिप सुन्दासको प्रेम संकटमा (भिडियो सहित)



जेठ, २६ काठमाडौं ।

 

गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच ‘जेब्रा क्रसिङ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

जेपिएस। ग्रुपले बजारमा ल्याएको उक्त गीतमा गायक प्रदिपको एकल आवाज रहेको छ । साथै गीतको एरेन्ज तेजेनले गरेका हुन् । गीतको सार्वजनिक भिडियो पनि रोचक बनाइएको छ । जेब्रा क्रसिङका कारण प्रेमिकालाई समयमै भेट्न नपाउदाको पिडा भिडियोमा पनि देखाइएको छ । भिडियोमा सुजन, सुवर्ण, जयराम, पुजाको अभिनय छ ।
गीतको बारेमा बोल्दै गायक प्रदिपले दर्शककै माग अनुरुप पछिल्लो समयको समसामायिक बिषयबस्तुलाई उठाएको बताए । उनले नयाँ ट्राफिक नियमलाई नै रमाइलो तरिकाले गीतमा ल्याउदा सन्देश पनि जाने बताए । ‘मैले यो भन्दा अघि यस्तो प्रकारको गीत त गाएको थिएन तर समसामाहिक गीत पनि गाउनु पर्छ भन्ने लाग्यो र गीतमा रमाइलोको साथमा सन्देश पनि दिन खोजिएको छ ।’, गायक प्रदिपले भने ।

यसभन्दा अघि देशभक्ति तथा अन्य आधुनिक गीत मात्र गाउनु भएका तपाई एक्कासी यस्तो गीत बनाउने सोंच कहाँबाट आयो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा उनले भने— ‘हाम्रो तिन जनाको जेपिएस भन्ने ग्रुप छ हामी हरेक काम यो ग्रुपबाट सल्लाह गरेर गर्छौ यस्तै क्रममा नयाँ गीत निकालौं भन्दै गर्दा अहिलेको राजधानीको परिवेशलाई समेटौं भनेर निकालेका हौं ।’ साथै प्रदिपले गीतको रचना पनि रेकिर्डिङ स्टुडियो भित्रै गरेर दुईदिन भित्रमा भिडियो नै सार्वजनिक गरेको बताए ।

कार्यक्रममा गीतको बारेमा बोल्दै नायक अनुरुप पोख्रेल, कान्छा पत्रकार सुजन आचार्य लगायतका अतिथिहरुले गायक प्रदिपलाई गीत राम्रो भएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।