भारतमा सुतेको अवस्थामा कैलालीका एक युवक मृत फेला - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

भारतमा सुतेको अवस्थामा कैलालीका एक युवक मृत फेला



हिमाल पोस्ट / सुखड ।
भारतको बैंलोरमा एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका -१ सुन्दर टोलका तारा बहादुर खत्रीका २४ बर्षिय छोरा टेकराज खत्री रहेको उनका आफन्तले बताएका छन् ।

बिहिबार राती करिव ८/१० जना साथीहरु खाना खाएर एउटै कोठामा लाईन संग सुतेको र टेकराजको राती २ बजे देखी ड्युटी भएकाले संगै रहेको साथिले उठाउन खोज्दा उनको मृत्यु भईसकेको जनाईएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक टेकराज बैंलोरको खडदासपुरमा रहेको एक कम्पनीमा काम गर्दै आइरहेका  थिए ।