यौनधन्दाका लागि युवती मिलाइदिने व्यक्ति पक्राउ
बुटवल । ललाई फकाई यौनधन्दामा महिला र युवतीलाई लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जिल्लाको खैरमारा घर भई हाल चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई दरवारमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरका बारेमा अनुसन्धान गर्न प्रहरीले काठमाडौ जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी कारबाही अगाडि बढाएको महानगरीय प्रहरी वृत्त दरवारमार्गले जनाएको छ ।
पक्राउ परेका मगरले केशर महल र संचय कोष वरिपरीको क्षेत्रलाई आधार बनाएर धेरै पैसा कमाई हुन्छ भन्दै आर्थिक प्रलोभन देखाएर महिलालाई विभिन्न होटलमा पुर्याउने गरेका थिए । यौनधन्दामा महिला र युवतीलाई लगाएर मगरले मोटो रकम कमिशन खाने गरेका थिए ।