काठमाडौंमै युवकको शव भेटियो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

काठमाडौंमै युवकको शव भेटियो



राजधानीको चक्रपथकै पुलमुनी नदेखिने गरी फालिएको अवस्थामा एक युवकको शव भेटिएको छ । चक्रपथको कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो ।

फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले कसैले हत्या गरेर फालेको आशंका गरेको छ । अनुहार प्रष्ट भए पनि मृतक युवाको शरीरमा भने चोट देखिन्छन् । मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ।