सिए अध्यानरत विद्यार्थी गाजियाबादबाट सम्पर्क विहिन - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सिए अध्यानरत विद्यार्थी गाजियाबादबाट सम्पर्क विहिन



गाजियाबाद /हिमाल पोस्ट 

भारतको उत्तर प्रदेश राज्यको गाजियाबादबाट एक जना नेपाली युवक बेपत्ता भएका छन् । स्थायी घर कपिलवस्तु बाडगङ्गा नगरपालिका वार्ड नम्बर २का २१ वर्षीय अनुप बेलवासे गाजियाबादको गोबिन्दपुरमबाट गत शनिवार सम्पर्क विहीन भएका हुन्  ।

उनी कपिलवस्तुकै छिमेकी पुनराम खनालको घरमा बस्दै आएका थिए  । उनले २ वर्ष देखि सिए अध्यान गर्दै थिए । बिहान क्लास जाने भन्दै खाना खाएपछि आफ्ना अध्यान सम्बन्धी सर्टिफिकेट र एक सेट कपडा बोकेर गएको निजका अङ्कल किष्ण बेलबासेले बताए । उनी सम्पर्क विहीन भएपछि नेपालदेखि उनका बाबु खोजिदिन आग्रह गर्दै गाजियावाद आएर प्रहरी चौकीमा निवेदन दिएका छन्  साथै आफ्नो छोरो खोजिदिन सहयोग गर्न सबैमा आग्रह समेत  गरेका छन् ।