युवा संघ नेपाल बन्यो विश्व युवा स‌गठनको उपाध्यक्ष - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

युवा संघ नेपाल बन्यो विश्व युवा स‌गठनको उपाध्यक्ष



काठमाडौं- विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ।

साइप्रसमा भएको संगठनको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए।

संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ। भुसाल यसअघि संगठनको एशिया प्यासिफिकको उपाध्यक्षसमेत रहेका थिए।

यही डिसेम्बर २ देखि ७ गतेसम्म चलेको सम्मेलनमा विश्वका ६३ देशका ९५ युवा संगठन सहभागी थिए ।

संगठनमा नेपालको तर्फबाट नेकपा निकट अनेरास्ववियु र युवासंघ सदस्य रहेका छन्। नेपालले सम्मेलनमा सन् १९९३ बाट सहभागिता जनाउँदै आएको छ।