लकडाउन: युवा नेता कुवरद्बारा यात्रुलाई चाउचाउ र पानी वितरण
विशाल पाण्डेय / कैलाली ।
पुर्व पश्चिम् राजमार्ग अन्तरगत कैलालीको चिसापानी क्षेत्रमा हिड्ने पैदल यात्रुहरुलाई चाउचाउ तथा पानी वितरण गरिएको छ । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भोकै बस्नु परेपछि आ-आफ्नो घरमा फर्किने यात्रुहरुलाई राष्ट्रिय युवा संघ नेपाल , कैलालीको आयोजनामा मंगलबार चाउचाउ ,पानी तथा भुजा उपलब्ध गरिएको हो ।
विभिन्न ठाउँमा कामगर्ने मानिसहरू लकडाउनले गर्दा प्रभावित भएपछि भोकभोकै आफ्नो गाउँ घरमा पैदल यात्रा गरि फर्किने मानिसहरुलाई खुवाउनको लागि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण कुवरको आर्थिक सहयोगमा उक्त सामान ईलाका प्रहरी कार्यालय चिसापानीलाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल, कैलालीका संयोजक राजेन्द्र बम (राजु) ले जानकारी दिए । आफ्नो गन्तव्यको लागी लामो समयसम्म हिडेर त्यहाँसम्म पुगेकालाई चाउचाउ, पानी तथा भुजा वितरण गर्नको लागि करिब १ लाख बराबरको सामाग्री ईलाका प्रहरी कार्यालय चिसापानीलाई हस्तान्तरण गरिएको संयोजक बमले हिमाल पोस्टलाई जानकारी दिए ।

कोरोनाको संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’ ले प्रभावित भएर भोकभोकै आफ्नो गन्तव्य सम्म पुग्नको लागि पैदल हिडेर त्यहाँ पुगेका मानिसलाई राहत स्वरुप थोरै भएपनी सहयोग होस् भन्ने उद्देश्यले चाउचाउ ,पानी लगायतको सामाग्री उपलब्ध गराएको युवा संघका केन्द्रिय सदस्य अरुण कुवरले बताए ।
लकडाउनको बेलामा लामो समयसम्म पैदल हिडेर चिसापानी पुगेका मानिसहरुलाई गन्तव्यसम्म पुग्नको लागि ईलाका प्रहरी कार्यालय चिसापानीले ठुलो सहयोग गरेकोमा युवा संघ नेपाल कैलाली शाखाले धन्यवाद समेत व्यक्त गरेको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेपनि सुदुर पश्चिम प्रदेशको मुख्य प्रवेशद्बार कर्णालीबाट दिनमा सयौं मानिसहरू उक्त बाटोबाट आउनेक्रम भने रोकिएको छैन । ईलाका प्रहरी कार्यालय चिसापानीले त्यहाँ पुगेका मानिसहरूलाई सवारी साधनमा चढाएर तथा सम्बन्धित पालिकालाई खबर गरेर गन्तव्यसम्म पुर्याउन सहयोग गरि उदाहरणीय कार्य गरेको स्थानीयले बताएका छन् ।

