श्रीमान-श्रीमती मिलेर गुल्मीका युवकको कैलालीमा हत्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्रीमान-श्रीमती मिलेर गुल्मीका युवकको कैलालीमा हत्या



कैलाली । कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान-श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । हत्या गरि शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४०-४५ वर्षका कमल कुँवरको गत असार २२ गते श्रीमान-श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका श्रीमान÷श्रीमति लाल बहादुर लामा र कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कल्पनाका पुर्व प्रेमी रहेका कुँवरको हत्या गरि खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए ।

हत्याको कारण भने खुल्न नसकेको र शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पतालमा ल्याईएको प्रहरीले जानकारी दिएको छ ।