प्रगतिशील युवा क्लबको दोस्रो कार्यसमिति चयन,अध्यक्षमा कडेल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रगतिशील युवा क्लबको दोस्रो कार्यसमिति चयन,अध्यक्षमा कडेल



सुखड,कैलाली । प्रगतिशील युवा क्लब नेपालको दोस्रो कार्यसमिति चयन भएको छ । घोडाघोडी नगरपालिका -१ लोहारपुरमा सामाजिक कार्य गर्दै आइरहेको क्लबले मंगलबार टंक प्रसाद कडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै क्लबको उपाध्यक्षमा नवीन शाही ,सचीवमा भुवन जोशी, सह सचिवमा अलादिन नेपाली र कोषाध्यक्ष महेन्द्र बोहरा निर्वाचित भएका छन् ।

यस्तै क्लबको सदस्यहरुमा ,तेज बोहरा(बुलेट ),धुर्व आचार्य,स्याम बोहरा ,ईन्द्र रिजाल,दिपक‌ चौधरी ,गणेश साउद चयन भएको क्लबका नव सचीव भुवन जोशिले जानकारी दिए ।

समाज परिवर्तनका लागि युवाहरूको ठुलो भुमिका हुने भएकोले आफुहरुले समिती गठन गरेको बताउदै सचिव जोशिले आगामी दिनमा सामाजिक कार्यहरूलाई अझै प्राथमिकता दिइने बताए ।