युवतीका बिषयमा झगडा,छुरा प्रहार गरी युवकको हत्या - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

युवतीका बिषयमा झगडा,छुरा प्रहार गरी युवकको हत्या



धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा गएराती छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

राती करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाँडागाउँका स्थानीय गणेश खातीका अनुसार थम्फराको घाँटीमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि आज बिहान प्रहरी घटनास्थल पुगेको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । छुरा प्रहारबाट डाँडागाउँका मनोज लिम्बुखिम पनि घाईते भएका छन् । युवतीका बिषयमा झगडा भएको बताईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।राजधानीबाट