बिहे गरौं भन्दा नमानेपछि युवतीले युवकको लिङ्ग नै काटिन - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बिहे गरौं भन्दा नमानेपछि युवतीले युवकको लिङ्ग नै काटिन



काठमाडौं- बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ।

८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो। गत मंसिर २३ मा युवीतले युवकसामु बिहेको प्रस्ताव राखिन। युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए।

आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए। अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी हुन्।

घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलन गरे। युवतीकी आमाले भनिन्, ‘छोरीले बच्ने उपायले त्यस्तो गरिछन्, प्रहरीले हाम्रो कुरा सुन्नै मानेन। छोरीलाई न्याय दिलाइदिनुपर्‍याे।’

समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर उनको लिंग काटेको भनेर नबुझ्न आग्रह गरे। उनले भने, ‘विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न नानीले त्यस्तो गरेकी हुन्।’

उपचारपछि घर फर्किएका ती युवकले ललाईफकाई ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको उनले बताए। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

गत मंसिर २३ गते अपराह्न बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो। घटनालगत्तै पीडित युवतीले नै एम्बुलेन्स बोलाएर बलात्कार प्रयास गर्ने युवकलाई अस्पताल पठाएको तमाङको दाबी छ।