अर्घाखाँचीका २२ वर्षीय युवकको करेन्ट लागेर मृत्यु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अर्घाखाँचीका २२ वर्षीय युवकको करेन्ट लागेर मृत्यु



अर्घाखाँची – अर्घाखाँचीका २२ वर्षीय युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षीय जगदिश तिमिल्सिनाको मृत्यु भएको हो।

अछाम घर भएका २२ वर्षीय जगदिश तिमिल्सिनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाणिनी गाउँपालिका–७ मा कोठामा बस्ने तिमिल्सिना स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।