चारजना युट्युबर पक्राउ - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

चारजना युट्युबर पक्राउ



काठमाडौं- युट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चारजना युट्युबर पक्राउ परेका छन् ।

च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौंको गोकर्णेश्वर बस्दै आएका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक काठमाडौंको नेपालटार बस्दै आएका २७ वर्षीय शिशिर अधिकारी, साराचुली मिडिया युट्युब च्यानलका सञ्चालक काठमाडौंको पेप्सीकोला बस्दै आएकी ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाइन टीभी युट्युबका सञ्चालक काठमाडौंको गोकर्णेश्वर बस्दै आएका २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूले युट्युब च्यानलमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत–प्रतिष्ठामा आँच पुर्‍याई पीडित महिलाप्रति द्धेष फैलाउने सामाग्री प्रसारण गरेकाले पक्राउ गरिएको साइब्र ब्युराले जनाएको छ ।