अर्थमन्त्रालयको प्रभावमा योजना आयोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अर्थमन्त्रालयको प्रभावमा योजना आयोग



पदाधिकारी नियुक्तिमा ढिलाइ, बजेट छलफलमा अलमल 

नेपालको संविधान बमोजिम दुरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गर्यो ।

यो आदेश कार्यान्वयन गर्न आयोगले नै निर्देशिका, कर्याविधि, मापदण्ड र दिग्दर्शन लागु गर्नुपर्छ ।

तर, फागुन ६ गतै नै अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारीले राजीनामा दिएपछि नयाँ सरकाले हालसम्म आयोगलाई पुर्णता नदिँदा आदेश कार्यान्वयन नै सुरु भएको छैन ।

आगामी आर्थिक बर्ष २०७५, ७६ का लागि संघीय बजेट तर्जुमाको काममा निकै व्यस्त हुनुपर्ने आयोग पदाधिकारीविहिन हुँदा बजेट छलफल नै प्रभावित भएको छ । , आजको कारोवारमा यो खबर छ ।