पत्रकार शिवराज योगीको ‘जीन्दगानी’ सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पत्रकार शिवराज योगीको ‘जीन्दगानी’ सार्वजनिक



काठमाडौं । पत्रकार शिवराज योगीको पहिलो गीत सार्वजनिक गरिएको छ । उनको शब्दमा रहेको ‘जीन्दगानी’ बोलको गीत आइतबार युट्यबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शिशिर योगी स्वर तथा अर्जुन नेपालीको संगीत रहेको छ । गीतको म्यूजिक भिडियो पनि बनेको छ । जसमा विनोद, प्रविण, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई दिपेश, विजयी र केशवले छायांकन गरेका हुन् भने सम्पादन गिरीजा केसीले गरेका हुन् । भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् ।