योगेशले भने: माधव नेपालको पार्टी अबैध सम्बन्धबाट जन्मिएको झुण्ड हो - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

योगेशले भने: माधव नेपालको पार्टी अबैध सम्बन्धबाट जन्मिएको झुण्ड हो



काठमाडौं- नेकपा एमालेलका नेता योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई अबैध सम्बन्धबाट जन्मिएको झुण्ड भनेका छन् ।

आगामी मंसिरमा हुने पार्टीको १० औं महाधिवेशनबारे जानकारी दिने कार्यक्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । नेता भट्टराईले पहिले माधव नेपाललाई साथ दिएर एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढाल्न भुमिका खेलेका थिए ।

उक्त कार्यक्रममा भट्टराईले मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिए ।

पार्टीको १० औं महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिए।

सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट जन्मेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौं। ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौं।’

एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयोजना हुँदैछ।