महिना नबित्दै योगेशले ल्याए महत्वाकांक्षी योजना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

महिना नबित्दै योगेशले ल्याए महत्वाकांक्षी योजना



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्री भट्टराईले चालू आर्थिक वर्ष मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट सम्पन्न गर्ने १४१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा सन्चालनयोग्य बनाउने, पशुपतिनाथ मन्दिरको आरती युट्युबबाट ‘लाइभ’ गर्नेलगायतका १४१ बुँदे योजना घोषणा गरेका हुन् ।

मन्त्री भट्टराईले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान सन्चालन गर्ने, विदेशस्थित नेपाली नियोगमा पर्यटक ‘हेल्पडेस्क’ राख्नेलगायत भ्रमण वर्ष २०२० लक्षित विभिन्न प्रमुख प्राथमिकताप्राप्त कार्यक्रम घोषणा गरेका छन् ।

आगामी जनवरीमा नेपालका सबै कूटनीतिक नियोग, मिसन तथा सातै प्रदेशका प्रमुखसहित भ्रमण वर्षको उद्घाटन गरिने मन्त्री भट्टराईले बताएका छन् ।

यस्तै, भ्रमण वर्ष २०२० सफल बनाउन विश्वका पर्यटनमन्त्रीसहितको सम्मेलन गर्ने, भ्रमण वर्षको अवसरमा हिमालको नामाकरणसँगै प्रवर्द्धनका लागि ‘रोयल्टी’ छुटको व्यवस्था गरिने, काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रालिकालीन सम्पदा यात्रा सुरुआत गर्नेलगायतका योजना मन्त्री भट्टराईको छ ।