योगेश भट्टराई तनावमा: के गर्लान अब ? - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

योगेश भट्टराई तनावमा: के गर्लान अब ?



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले १९ मंसिरमा विभिन्न राजनीतिक दलका नेता तथा तिनका भ्रातृसंगठनका नेताहरूसँग छलफल गरे।

भ्रमण वर्ष २०२० का लागि सहयोग मागे र सफलताका लागि सुझाव पनि। सुझाव र सहयोगको लेनदेन दलहरूसँग मात्र होइन, १८ मंसिरमा ३१ देशा राजदूतसँग पनि गरे।

दुई दिनका यी घटनाले प्रस्ट पार्छन्– भ्रमण वर्ष प्रवर्द्धनकाे गतिबाट मन्त्री हतास छन्। भ्रमण वर्ष सुरु हुन जम्माजम्मी ३ साता बाँकी हुँदासम्म भ्रमण वर्ष सचिवालयको कछुवा गतिले मन्त्री भट्टराईलाई तनाव त दिएकै छ, त्योभन्दा बढी कार्यक्रम असफलताको निकट पुगेको छ। यो खबर आज आइतबारको नेपाल साप्ताहिकमा योगेश ढकालले लेखेका छन्।

संयोजक सुरज वैद्यको आनीबानीले नै सचिवालय स्वयं अभियानप्रति गम्भीर छैन भन्ने देखाउन काफी छ। संयोजक वैद्य भेटमा मन्त्री र मन्त्रालयका असहयोगको गुनासो सुनाइहाल्छन्।

अनि सदस्यसचिवमा बच्चुनारायण श्रेष्ठको नियुक्तिप्रति आलोचक देखिन्छन्। तर वैद्य स्वयं मन्त्रीले आयोजना गरेको कार्यक्रममै जाँदैनन्। १९ मंसिरको कार्यक्रममा वैद्यले भारत गएको भनी सहयोगी भएनन्।