संस्कृति मन्त्रीको छुट्टै संस्कार - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

संस्कृति मन्त्रीको छुट्टै संस्कार



काठमाडौं- सुन्दै अचम्म लाग्ला नेपाली राजनीतिमा पनि एस्तो हुन्छ र भनेर तर आज चितवनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफ्नो उँचो कद देखाएका छन् । बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट उत्रेका योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल पुगेपछि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मन्त्रीलाई स्वागत गर्न पुगे अनि देखियो अचम्मको दृश्य ।

स्वागतको लागि प्रमुख जिल्ला अधिकारी मात्र थिएनन सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए।

जहाज रोकिएपछी मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे, उनीहरु आफ्नै पारामा गफ गर्दै अफ्गी बढ्दै थिए प्रमुख जिल्ला अधिकारी बस्नेतले खादा बहालवाला मन्त्री भट्टराईतर्फ अगाडी बढाए तब मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भने, ‘पहिला दाइलाई।’ उनको भनाइसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाए । त्यसपछि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए।

यो सब हेरिरहेका नेता र कार्यकर्ता अचम्म परे र भावुक पनि देखिए । धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे।

जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए।

त्यसपछि सुरु भयो मन्त्री भट्टराईको त्यो कदमको वाहवाही । उपस्थित नेता र कार्यकर्ताले मुखामुख गरिरहेका थिए । कसैले भन्दै थिए वाह योगेश भट्टराई ।

मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गरेको र उनले एउटा नेताको गुण देखाएको उपस्थित केहि नेताको प्रतिक्रिया थियो ।

कतिपयले नेपाली राजनीतिमा योगेश भट्टराईले नयाँ संस्कार देखाएको समेत टिप्पणी गरे । अहिले सामाजिक सञ्जालदेखि चिया पसलमा मन्त्री भट्टराईको चर्चा भैरहेको छ ।

उनको स्वागतमा भरतपुर महानगर प्रमुख रेणु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थिए।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए ।