कर्मचारीलाई योगेश भट्टराईले भने: तत्काल राजिनामा दिनुस, अदालत गएर नरुनुस
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कर्मचारीहरूलाई राजिनामा दिन निर्देशन दिएका छन् । उनले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले भने, कि राजिनामा दिनुस नत्र म आफैले हटाउन बाध्य हुनेछु । यदि हटाएको खण्डमा अदालत नजानुहोला ।
भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे ।
उनले भने, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।