योगेश भट्टराईले भने: माधव नेपालले धोका दिए - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

योगेश भट्टराईले भने: माधव नेपालले धोका दिए



काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले नेपाल आफैँले जिम्मेवारी दिएका कार्यदलका सदस्यहरूलाई अविश्वास गरेर धोका दिएको बताए ।

भट्टराईले नेपाल आफैले भनेको १० बुँदेमा पछाडी फर्केर पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले माधव नेपालले पार्टी एकताका लागि आफैँले जिम्मेवारी दिएका नेताहरूलाई अविश्वास गरेर पार्टी विभाजन गरेको आरोप लगाएका हुन् ।

‘पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष केपी ओली र माधव नेपालबीचको सहमतिमा कार्यदल बनाइएको हो । तर, नेपालले कार्यदलका साथीहरूले पार्टीलाई एकताबद्ध बनाउन जुटाएको १०बुँदे सहमति मान्नुभएन, आफैँले जिम्मेवारी दिएका साथीहरूलाई अविश्वास गर्नुभयो,’ उनले भने, ‘बृहत् एकतालाई बेवास्ता गर्दै पार्टी विभाजन गर्ने काममा संलग्न हुनुभयो ।’

भट्टराईले १०बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नु पर्नेमा आफैँले जिम्मेवारी दिएका नेताहरूलाई अविश्वास गरेको पनि बताए । उनले पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण भएको पनि बताए ।

सचिव भट्टराईले पार्टीलाई एकढिक्का बनाउने संकल्प आफूहरूले लिएको पनि बताए ।