योगेश भट्टराईलाई भएको के हो ? - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

योगेश भट्टराईलाई भएको के हो ?



काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराई उच्च ज्वरो नघटेपछि शुक्रबार साँझ वीर अस्पतालमा भर्ना भएका हुन्।

उच्च ज्वरो आएकै कारण भट्टराई च्यासलमा दुई दिनदेखि जारी पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका छैनन्।

ज्वरो आएर केही दिनदेखि उनी घरमै आराम गरिरहेका थिए। तर ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन्।

एकजना सहयोगी प्रेम गुरागाईंका अनुसार अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भट्टराईको भेटघाट बन्द गरिएको छ।

भट्टराई आगामी मंसिरमा चितवनमा हुन लागेको एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य समेत छन्।