भीम रावलको पक्षमा खुले योगेश भट्टराई - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भीम रावलको पक्षमा खुले योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सविच योगेश भट्टराई भीम रावलको पक्षमा खुलेका छन् । भट्टराईले रावललाई स्थायी कमिटीमा ल्याउन माग गरेका छन् ।

पार्टीको १०औं महाधिवेशनपछि शनिबार र आइतबार भक्तपुरमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा सचिव भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसँग उक्त माग गरेका हुन् ।

बैठकमा सचिव भट्टराईले भने, ‘कमरेड भीम रावललाई स्थायी कमिटीमा ल्यायो भने पार्टीको गरिमा बढ्छ, उहाँ स्थायी कमिटीमा बस्न मान्नुहुन्छ कि मान्नुहुन्छ, त्यो पछि थाहा होला, तर उहाँलाई ल्याऔँ, उहाँलाई ल्याउँदा पार्टीको गरिमा बढ्छ ।’

तर, अध्यक्ष ओलीले योगेश भट्टराईको मागको पनि कुनै सुनुवाइ गरेनन् । त्यसबारे केही जवाफ नै दिएनन् । निवर्तमान उपाध्यक्ष रावल महाधिवेशनमा केपी ओलीसँग चुनाव लडेर पराजित भएका थिए ।

माधव नेपालको पक्षमा नगई रावल एमालेमै रहेको अवस्थामा पनि ओलीले उनलाई जिम्मेवारीविहीन बनाइदिएका छन् ।