गंगा आरती र राष्ट्रगानको बिषयमा मन्त्री योगेश भट्टराई कठोर - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गंगा आरती र राष्ट्रगानको बिषयमा मन्त्री योगेश भट्टराई कठोर



काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई राष्ट्रगानको बिषयमा कठोर देखिएका छन् । गंगा आरतीमा प्रारम्भमा गरिएको राष्ट्रिय गान बजाउने निर्णय बिबादित बनेपछि उनि आरतीको प्रारम्भमा राष्ट्रगान हुनैपर्ने अडान लिएका छन् ।

उनले गंगा आरतीमा प्रारम्भमा गरिएको राष्ट्रिय गान र आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिबीच कुनै सम्बन्ध नरहेको प्रतिक्रिया समेत दिएका छन् ।

मंगलबार पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमा मन्त्री भट्टराईले राष्ट्रिय गान बजाउने निर्णय र मलामी गएकाहरुको कुनै सम्बन्ध नहुने बताए।

‘राष्ट्रिय गान अलग हो, त्यो अलग हो,’ उनले केहि मिडियाहरूसंग प्रतिक्रिया दिँदै उनले भने, ‘यो एकै ठाउँमा ल्याइएको प्याकेज होइन।’ उनले पशुपति क्षेत्रमा हुने विविध सांस्कृतिक कार्यक्रमहरुको प्रसंग जोड्दै भने, ‘त्यसो त तिजमा दिदीबैनीहरु तिलहरी लगाएर नाचगान गरिरहेका हुन्छन्। अन्य कुरा पनि सँगसँगै चलिनै रहेको हुन्छ। त्यसैले यो फरक विषय हो।’