नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै आमाबाबुका सन्तान :योगेश भट्टरार्इ - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै आमाबाबुका सन्तान :योगेश भट्टरार्इ



ताप्लेजुङ/कात्तिक ८  ।

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टरार्इले दुर्इ कम्युनिस्ट पार्टीहहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र एउटै आमाबाबुका सन्तान भएको बताएका छन् ।

मंसिर १० गते हुन लागेको निर्वाचनका क्रममा जिल्लाको सालेवाबाट चुनावी प्रचार अभियानको सुरूवात गर्दै सचिव भट्टरार्इले आमाबाबुकै आदेश अनुसार दुर्इ दल मिलेको पनि प्रष्टोक्ति दिएका छन् ।

‘एमाले र माओवादीको गठबन्धन समयले देखाएको आवश्यकता हो, एमाले-माओवादी एकै आमाबाबुका सन्तान हुन्’, उनले भनेका छन्, ‘हामी कुनै कालखण्डमा टुक्रियौँ र फुट्यौँ, तर नेपाल आमाले, नेपाली माटोले आदेश दिँदै दुर्इ छोरा फुट्दा बैरीले देश खान लाग्यो, मिलेर बैरीलाई तह लाउ भनेपछि मिलेका हौँ ।’

दुर्इ दल मिलेर देशको माटो कसम खाँदै नेपाललार्इ सुन्दर बनाउने अभियानमा दुर्इ दल जुटेको उनको भनार्इ थियो । दुर्इ पार्टीबीचको एकता शीर्ष नेताका लागि नभर्इ भावी पुस्ताका लागि भएको भट्टरार्इले जिकिर गरे ।

‘इमानदारीका साथ वाम गठबन्धनलार्इ जिताउनुपर्छ। हामीले हातसँगै गला नै मिलाएका छौं’, उनले भने, ‘मन मिलाएकाले अब देश बनाउने कसम खाएका छौँ, हाम्रो कसम गठबन्धनका सबै उम्मेदवारलार्इ जिताएपछि मात्रै पुरा हुन्छ ।’