गौतमबुद्ध विमानस्थल एक वर्षभित्र संचालन: भट्टराई - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र संचालन: भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्‍त्री भट्टराईले उक्त कुरा बताएका हुन् । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कार्यलाई तिब्रता दिएको बताए ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भइरहेको दावी गरे ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए ।