अबको एक दशक पर्यटन वर्ष मनाउने अभियान: योगेश भट्टराई - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

अबको एक दशक पर्यटन वर्ष मनाउने अभियान: योगेश भट्टराई



जनकपुरधाम – भ्रमण वर्ष २०२० नेपाललाई पर्यटकको आकर्षणको केन्द्रमा राख्ने प्रयासको थालनी मात्रै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

बुधबार पत्रकार महासंघ धनुषा शाखाले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताएका छन् ।

विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउनेहरु यहाँको भ्रमण गरेर पुनः फर्कने गरेकोले तिनीहरुलाई लामो समय राख्ने प्रकारको वातावरण बनाउनु पर्ने उनले बताए । उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन्, तिनीहरुलाई रोक्नु पर्ने अवश्यकता छ । यहाँ आउने पर्यटकलाई छिन्नमस्ता, गढिमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नु पर्योे । पर्यटकलाई रोकेर मात्रै हुँदैन तिनीहरुलाई यहाँ बस्ने प्रकारको वातावरण बनाउनु पर्छ ।’

मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २–३ महिनामा पूरा भएर सञ्चालनमा आउने बताए । त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए ।