योगश भट्टराई बने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

योगश भट्टराई बने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् । उनले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् ।

भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । उनी नेकपाका स्थायी समिति सदस्यसमेत हुन् ।

गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।