योगेशले हतियार तस्करी गरेर काठमाडौँमा घर बनाएको आरोप - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

योगेशले हतियार तस्करी गरेर काठमाडौँमा घर बनाएको आरोप



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि हतियार तस्करीको आरोप लागेको छ । पर्यटन मन्त्री प्रेम आलेले एक टेलिभिजन अन्तर्वार्तामा उनीमाथि यस्तो गम्भिर आरोप लगाएका हुन् ।

‘जतिबेला माओवादी युद्ध चर्किएको थियो । माओवादी साथीहरु भूमिगत हुनुहुन्थ्यो । सेना र माओवादीको बीचमा वार भइरहेको थियो । त्यो खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो । उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नी । त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनु भएको छ,’ मन्त्री आलेले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्,‘त्यो पनि सोध्नु होला । उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो । हाम्रो पार्टीका आदर्णीय नेता पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि उहाँ मातहतको मन्त्रीलाई तपाईंले काम गर्न सक्नु भएन भन्दाखेरि उहाँले तपाईं हतियारको तस्करी गर्ने भन्दाखेरि उहाँ चुप्पो लाग्नु भयो ।’

मन्त्री आलेले भट्टराईले तातोपानी नाकाबाट हतियारको तस्करी गर्ने गरेको आरोप समेत लगाए ।

त्यस्तै पर्यटन बोर्डका निवर्तमान सिइओ धनन्जय रेग्मीले समेत विमानस्थलबाट ३० ग्राम सुन तस्करी गरेपछि भन्सारले जरिवाना तिराएको समेत उनले पोल खोलिदिएका छन् । रेग्मीसँग समेत योगेशको पार्टनरसिप रहेको हुनसक्ने उनको आरोप थियो ।