प्रचण्ड जी तपाइको नेतृत्वले के ? देशले निकाश पाउला ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्ड जी तपाइको नेतृत्वले के ? देशले निकाश पाउला !



 योगेन्द्र गौतम

बर्तमान नेपालको राजनितीको सेरोफेरो कांग्रेस सभापति सेर बाहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच घुमीरहेको छ ।ओली नेतृत्व सरकारलाइ अबिश्वासको प्रस्ताब सदनमा राखे लगतै ओलीको राजिनामाले प्रचण्डलाई दोष्रो पल्ट प्रधानमंत्री बन्न बाटो खुलेको हो । नेपाली कांग्रेसका सभापति सेरबाहादुर देउवाले पार्टी मित्र छलफल नगरी प्रचण्डलाई दिएको समर्थनले कांग्रेस भित्र केही बिरोधका स्वरहरु सुन्न पाइयो ।

कांग्रेस भीत्र पार्टी सभापतिको एकल निर्णयको बिरोध भयकै कारण बाध्यताबस केन्द्रीय समितिको बैठक र सो बैठकमा छलफल पश्चात प्रचण्डको नेतृव स्वीकार र सरकारमा जाने निर्णयले ओली नेतृत्व सरकारको पतन भयको हो र अंतत ओलीले राजीनामा पनि घोषणा गरे । बर्तमानमा मदेशीदल हरुमा केही लचक्ता आएको देखिन्छ । भित्र  भित्र सरकारमा जानी रणनिती हो की या फेरी कुनै नाटक रचेर मधेशको बिबादलाइ नया रुपया अगि बढाउने सडेन्त्र त होइन यो पनि शंकाको बिषय हो ।

बर्तमानमा देश संकट तिर उन्मुक्त हुदैछ । एकातिर केही दिनबाट परेको अबिरल बर्षाका कारण पाहाडमा पैरो र मदेशमा डुबानले कैयो नागरिकको ज्यान गयको छ भने कैयो नागरिक आपाङ्ग भयका छन । घरहरु खोला बगाएको छ र कैयो घरहरु डुबेको छ । भूकंप पिडितको अवस्था अत्यंत दयनीय छ अजै राहात उपलब्ध हुन सकेको छैन यस्तो अवस्था बन्ने प्रचण्ड नेतृत्व सरकारले संकटको समाधान तिर उन्मुक्त होला । पहिलो संबिधानसभाबाट प्रधानमंत्री बनेका प्रचण्ड पुर्ब सेना प्रमुख रुकामान्गत कटवाल संगको बिबादमा आफ्नै घमण्डले राजीनामा दिएका प्रचण्डले लिने सरकारको नेतृत्व मा चुनौती भने कम रहने छैन । मित्र राष्ट्र भारत र चिन संग संबन्ध सुधार अब बन्ने सरकारको रणनीति कस्तो होला यो बिषय पनी निकै महत्वपूर्ण देखिन्छ ।

भारतको हेपाहा बर्तमानमा सप्तरी जिल्लाको सिमानामा रहेको नेपाल भारत सीमा नजिक भारतले बनाएको बाध पनी एउटा उधारण हो । निकै बिबादित तवरमा भारतले बनाएको बाध त्याहाका बासिन्दाहरुले भत्काइदिएका छन यो भारतको लागी निकै ठुलो झटका हो । सुस्ता लगाएत कैयो ठाउमा नेपालको भूभाग माथी भारतले कब्जा गरेको छ ।

भारतको निति नेपालको हितमा खासै देखिदैन यस्तो अवस्थामा अब बन्ने प्रचण्ड नेतृत्व सरकारले राष्ट्रिय स्वाभीमान को सुरक्षा गर्दै समाधान तिर उन्मुक्त होला ?

उत्तरमा रहेको चिन संग ओली नेतृत्व सरकारले गरेका सन्धिहरु लागू गर्न सरकार सामर्थ्य होला । यी बिबिध चुनौतीका बिच अब बन्ने प्रचण्ड नेतृत्व सरकार कुन दिशातिर उन्मुक्त हुने होर सरकारमा नेपाली कांग्रेसको कस्तो भूमिका रहने हो नेपाली जनतामा चासोको बिषय पनी हो ।