सावधान ! यी कम्पनीको रक्सि नखानुहोस, ज्यान जाला - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

सावधान ! यी कम्पनीको रक्सि नखानुहोस, ज्यान जाला



काठमाडौं । आन्तरिक राजस्व विभागको अनुगमन टोलीले रक्सी उत्पादक कम्पनीले नक्कली अन्त:शुल्क स्टिकर प्रयोग छ्यापछ्याप्ति फेला पारेको छ । टोलीले बढी शंकास्पद भेटिएका करिब दुई दर्जनभन्दा बढी उद्योग/डिलरहरूमा सिलबन्दी गरेको छ । अनुगमनमा गएको टोलीले नक्कली अन्त:शुल्क स्टिकरमात्र नभइ रक्सी पनि नक्कली हुन सक्ने शंका गरेको छ ।

विभागका अनुसार भैरहवा, जनकपुर, झापा, सुनसरी क्षेत्रमा रहेका उद्योग र डिलरहरू बन्द गरिएको हो  । विभागका महानिर्देशक किशोरजंग कार्कीका अनुसार राजधानीको चाबहिल र बानेश्वर क्षेत्रको डिलरमा पनि सिलबन्दी गरिएको छ । ‘जसको रक्सी शंकास्पद छ, त्यसलाई तत्काल सिलबन्दी गरेका छौं ’ कार्किले भने ‘रक्सी पनि नक्कली हुन सक्ने हुँदा विज्ञहरूबाट परीक्षण भइरहेको उनले बताए । ‘पहिलो चरणमा स्टिकर हेरेका छौं, ‘त्यसपश्चात् रक्सीको पनि परीक्षण हुन्छ ।’ नक्कली रक्सीले मानिसको ज्यान नै जानसक्ने भन्दै विभागले अनुगमन तिब्र पारेको छ ।

यी हुन नक्कली धन्दा मच्चाउनेहरू

  • रसुवा डिस्टिलरी एन्ड फ्रुट्स इन्डस्ट्रिज प्रालिले ५० यूपी शक्ति १८० एमएल साइजको मदिरामा ७० यूपी शक्ति ३०० एमएल साइजको मदिरामा प्रयोग हुने अन्त:शुल्क स्टिकर टाँसेको, मदिराको बिगो २२ लाख १६ हजार ५ सय ४४ रुपैयाँ जफत गरी विभागले जरिवाना गराएको छ ।
  • नारायणी डिस्टिलरीबाट उत्पादित जिक ज्याक, सनसाइन, सनसाइन एप्पल नामक मदिराको बोतलमा टाँस भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको, करदाताको कारोबारस्थल सिलबन्दी गरी थप अनुसन्धान भइरहेको ।
  • ब्रदर्स एन्ड बजरंग नामको मदिरा डिलर सिलबन्दी गरिएको व्यक्ति फरार रहेकाले दास मदिरा स्टोर्सले भोले बाबा डिस्टिलरीबाट उत्पादित मदिरा नक्कली स्टिकर टाँसेको विभागको टोलीले आशंकामा मदिरा बरामद गरी कारोबारस्थल बन्द गरिएको । मदिराको बिक्रेता दास मदिरा पसलमा रहेका भोलेबाबा लिकर्स प्रालि, युनाइटेड लिकर्स प्रालि तथा हाइलेन्ड डिस्टिलरी प्रालिबाट उत्पादित मदिरामा टाँसेको अन्त:शुल्क स्टिकर पनि शंकास्पद पाइएको  ।
  • अभिनव डिस्टिलरी प्रालिले उत्पादन गरी बजारमा पठाएको मदिरामा टाँसेको अन्त:शुल्क स्टिकर शंकास्पद देखिएकाले सिलबन्दी गरी छानबिन सुरु
  • भक्तपुरअन्तर्गतको शिखर डिस्टिलरी एन्ड लिकर्स काभ्रेबाट उत्पादित मदिरामा टाँस भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद देखिएको
  • इटहरीमा रहेको हिमालयन ट्रेडर्स, हलेसी डिस्ट्रिब्युटर्स एन्ड सप्लायर्समा बिक्रीमा राखिएको मदिरामा प्रयोग भएका अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको
  • चन्द्रसूर्य सप्लायर्स, प्रतिमा कोल्ड स्टोर, टु फोर फिफ्टी फोर मदिरा पसलमा बिक्रीका लागि राखिएको मदिराको अन्त:शुल्क स्टिकर पनि शंकास्पद भेटिएको
  • नयाँबनोश्वर बुद्धनगरस्थित करदाता शिव भैरव टेडर्स, अभिनव डिस्टिलरीबाट उत्पादित गोल्डेन बार, शिखर डिस्टिलरीबाट उत्पादित भेगान, नारायणी डिस्टिलरीबाट उत्पादित सनसाइन र सुनछहारी डिस्टिलरीबाट उत्पादित मदिरा ब्रान्ड शंकास्पद देखिएकाले गोदाममा सिलबन्दी गरिएको

विभागले कसलाइ के गर्याे ?

  • भद्रपुरअन्तर्गतको भोलेबाबा डिस्टिलरी प्रालिको उत्पादन र निकासी पनि बन्द गराइएको
  • दृष्टि इन्टरप्राइजेज दमकमा स्थलगत निरीक्षण गर्दा एउटा गोदाम, कार्यालय र गाडी सिल गरिएको
  • बिर्तामोडको प्रकृति कोल्ड स्टोरमा निरीक्षण गर्दा शंकास्पद स्टिकर लगाएको देखिएकाले कारोबारस्थल बन्द गरी मदिराको नमुना कब्जामा लिएको
  • बिनर्स लिकर्स प्रालिबाट उत्पादित मदिरामा, गौरादहको थापा ब्रदर्समा पनि सोही प्रकृतिको स्टिकर फेला परेकाले मदिराको गोदाम बन्द गरी नमुनाको छानबिन भइरहेको
  • धरानअन्तर्गतको पूर्वाञ्चल डिस्टिलरीबाट उत्पादित मदिरामा प्रयोग भएको अन्त:शुल्क स्टिकर पनि शंकास्पद रहेको अनुगमनमा फेला परेको
  • खबरडबलीको सहयोग