यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका लोकप्रिय निर्णयहरु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका लोकप्रिय निर्णयहरु



सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी, शिक्षाप्रेमी, अभिभावक संघ, राष्ट्रसेवक कर्मचारी, संचारकर्मीलगायतका नागरिक समाजका अगुवाहरुलाई आह्वान गरेको हो ।

शिक्षाको अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले विद्यालय भर्ना गर्न सबैमा आह्वान गर्नु परेको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सचिवमा भने डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गरिएको पनि राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।

बैठकमा यातायात समितिहरु नविकरण नगर्ने प्रस्तावका विषयमा पनि छलफल भएको थियो ।

यस्तै आजको बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक( आइजिपीबारे निर्णय गर्न सकेन ।